वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई


 



काठमाडौं, माघ ११
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज वैबाहिक बन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह बन्धनबा बाँधिएका हुन् ।

राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो ।

विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका थिए । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । वैवाहिक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकाललगायतका नेताहरु पनि पुगेका थिए ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्