कक्षा १२ को नतिजा यही साता भित्रै


 



काठमाडौं, माघ १२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए । कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलोगरी सञ्चालन भएको थियो । नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १८० विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षामा देशभर ४ हजार १०५ परीक्षा केन्द्र थिए ।

१७ हजार ९०८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्