साउदी अरेबियाका राजकुमारलाई फाँसी दिइयो


 


saudiकाठमाण्डौ, कार्तिक ३

साउदी अरबका राजकुमारलाई हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ ।

तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो ।

राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको बताइएको छ । योसँगै साउदी अरबमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या १३४ पुगेको छ ।

पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन न्यायालय समक्ष अपील गरेपछि मुद्दा गम्भीर बनेको थियो ।

सोही क्रममा उनलाई मृत्युदण्ड दिने निर्णय गरिएको हो । कडा कानुन भएको साउदीमा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्