भूमि आयोग भोजपुरको अध्यक्षमा देविराम चौलागाई नियुक्त


 


भोजपुर, माघ १९
भूमि सम्बन्धी समस्या समाधान आयोग भोजपुर जिल्ला समितिको अध्यक्षमा देविराम चौंलागाई नियुक्त हुनु भएको छ । नेकपा भोजपुर जिल्ला कार्यालय सदस्य रहनु भएका चौलागाईलाई भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै समितिको विज्ञमा इश्वरमान राई र सदस्यमा केशर बहादुर राईलाई नियुक्त गरेको छ । समितिको अध्यक्षले नेपाल सरकारको सह सचिवको सुविधा पाउनेछन् भने विज्ञ र सदस्यले उप सचिव सो सरहको सुविधा पाउनेछन् ।

सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गरेको हो ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्