भारतीय सेनाको हेलिकोप्टर चीनको सीमा नजिकै खस्यो


 


indian-army-helicopterएजेन्सी, कार्तिक ३

भारतीय सेनाको हेलिकोप्टर उत्तरा खण्डमा दुर्घटना भएको छ । चीनसँगको सीमा क्षेत्रमा पर्ने उत्तरा खण्डको चमोलीमा बुधबार दिउसो भारतीय बायुसेनाको MI17 हेलिकोप्टर खसेको हो ।

हेलिकोप्टर खस्दा खस्दै आगो लागेको भएपनि पाइलट सहित सवार सबैले ज्यान जोगाउन सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हेलिकोप्टरमा एयरफोर्सका २ पाइलट, २ अफिसर र सेनाका २ अधिकारी र १६ जवान सवार थिए ।

यो दुर्घटना चीनको सीमाना नजिकै भएको भएपनि हेलिकोप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन । कतिपय माध्यमले चिनियाँ सीमा नजिकै अभ्यास गरिरहेको हेलिकोप्टर चिनियाँ पक्षले खसालेको अनुमान समेत गरेका छन् ।

यद्यपी यसको पुष्टी हुन बाँकी छ । भारतीय सेनाले भने नियमित सैनिक अभ्यासका क्रममा दुर्घटना भएको बताउँदै थप विवरण दिन अस्वीकार गरेको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्