आज कहाँ-कहाँ वर्षा र हिमपात ?



काठमाडौँ, माघ २४
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाले अहिले देशका हुनै स्थानमा आँशिक र कुनै स्थानहरुमा सामान्य बदली रहेको जनाएको छ । यसैगरी, महाशाखाले आज दिउँसको मौसमको अवस्थाबारे जानकारी गराउँदै आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको जानकारी दिएको छ ।

यता, प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । भने, देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

यस्तै, आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News