युभेन्टस कोपा इटालियाको फाइनलमा


 


मिलान, माघ २८
युभेन्टसले समग्रमा इन्टर मिलानलाई २–१ ले हराएर मंगलबार कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको नतिजा गोलरहित बराबरी रह्यो ।

युभेन्टस पहिलो लेगमा २–१ ले अगाडि थियो । यो नतिजा नै उसलाई फाइनल पुग्न पर्याप्त रह्यो । युभेन्टस कोपा इटालियाको फाइनल पुगेको यो लगातार दोस्रो वर्ष हो ।

फाइनलमा युभेन्टसको प्रतिद्वन्द्वी एटलान्टा अथवा नेपोली हुनेछ । ती दुई क्लबको सेमिफाइनल दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेग गोलरहित बराबरीमा रहेको छ ।एजेन्सी

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्