डब्ल्यूएचओले भन्यो- नेपालमा लगाइरहेको कोरोना खोप बढी प्रभावकारी



काठमाडौं, माघ २९
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप (कोभिशिल्ड) बढी प्रभावकारी भएको जनाएको छ । डब्ल्यूएचओले कोभिशिल्डको प्रयोग बढाउन सिफारिससमेत गरेको छ ।

खोपको नकारात्मक असर अर्थात साइडइफेक्टको तुलनामा फाइदा बढी देखिएकोले यसको प्रयोग बढाउन सिफारिस गरेका हुन् ।

एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ । भारतले उक्त खोप नेपाललाई १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ ।

बेलायत, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् ।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । अन्य खोपहरुमा दोस्रो डोज लगाउने अन्तर २४ दिनको राख्ने गरिएको छ ।

अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दावी गरिएको छ।

यद्यपि, विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोपले कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News