यस्ताे छ तिहार र छठकाे सुरक्षा


 


तिहार र छठ सुरक्षा : सादा पोशाकसमेत १० हजार सुरक्षाकर्मी राजधानीमा
काठमाडाैं, कार्तिक ४
आसन्न तिहार र छठ पर्वको सुरक्षाका लागि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अुनसन्धानबाट करिव १० हजारको संख्यामा सुरक्षाकर्मी खटिने छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार राजधानीका तीनवटै जिल्लामा सादा पोशाकमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालित भइसकेको महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापाले बताए । एआइजी थापाका अनुसार तिहार र छठमा कुनै पनि प्रकारका अप्रिय घटना हुन नदिन घरघरमा प्रहरी पुग्ने व्यवस्था मिलाएका छौं ।

प्रहरी राजधानी प्रवेश गर्ने चार वटै नाकामा कडाइ थालेको छ । थानकोट, बालाजु, जगाति र बल्खुबाट राजधानी प्रवेश गर्ने गाडीमा बिशेष निगरानी राखेको छ । प्रहरीका अनुसार पटका गाडीमा राखेर राजधानी भित्र्याउने १ जनालाई पक्राउ गरिएको छ भने उनीका साथबाट र अन्यसमेत १ हजार ६ सय थानबढी पटका नियन्त्रणमा लिएको छ ।

तिहारको समयमा घर छोडेर तास, जुवा खेल्नेक्रम अधिक हुनेभएकोेले सजगता अपनाउन प्रशासनले राजधानीबासीलाई आग्रहसमेत गरेको छ ।  काठमाडौंका प्रजिअ हिमनाथ दुवाडीका अनुसार पटका पड्काउन पूर्ण निशेष गरिएको छ भने राति ९ बजेपछि भैलो र देउसी खेल्नलाई पनि रोक लगाएको छ । सडकमा पिङ लगाउन, सडकमै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय पनि तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्णय गरिसकेको छन् ।

तिहार र छठको समयमा सडक यातायातलाई व्यवस्थित सञ्चालन गर्न महानगरीय ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ । ‘दशैंमा भएका सडक दुर्घटनाबाट शिक्षा लिएर तिहार र छठमा सवारी दुर्घटनामा कमी ल्याउन मातहतलाई निर्देशन दिइसकेका छांै’ प्रवक्ता डिआइजी मल्लले भने ।,

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्