स्थायित्व खोज्दा उपेक्षा गरिए देशमा विद्रोह हुने पूर्वराजा ज्ञानेन्द्रको चेतावनी


 


काठमाडौं, कात्तिक ४

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा निषेधको राजनीति गरेमा विद्रोह हुने चेतावनी दिएका छन् ।

राजधानीको बनकालीमा सुरु भएको अन्तर्रा्ष्ट्रिय विराट विश्व हिन्दु सम्मेलमा वक्तव्य दिँदै पूर्वराजा शाहले सनातन हिन्दु धर्ममार्फत आफूहरुले देशमा स्थायित्वको दायित्व खोजेको तर उपेक्षा गरेमा विद्रोह हुने र त्यसले देशमा असन्तुलन निम्त्याउन सक्ने चेतावनी दिए ।

पूर्व राजा शाहले अहिलेको जटिल परिस्थिति किन र कसरी सिर्जना भयो,भन्दै यस्तो आवस्था सिर्जना गर्ने कारक तत्त्व के हुन भन्नेबारे जनताले प्रश्न गर्ने बेला आएको बताए ।

नेपालले आफ्नै मौलिक धर्मप्रति विश्वास राखेर अघि बढेमा दिगो शान्ति तथा स्वाभिमानको रक्षा गर्न सक्ने भन्दै शाहले भारत र चीन जोड्ने सेतुका रुपमा समेत रहेको हिन्दुधर्मलाई सम्मान गरेमा मात्र देशमा शान्ति स्थिरता रहने र स्वाभिमानको रक्षा हुने दावी गरे ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्