आईपीएलको अक्सनमा सन्दीप, कति छ न्युनतम मूल्य ?


 


काठमाडौं, फागुन ६
विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज लिग क्रिकेट आईपीएलको १४ औं संस्करणका लागि आज अक्सन हुँदैछ ।

चेन्नाईमा हुने अक्सनका लागि २९२ जना खेलाडी सूचीमा रहेका छन् । उक्त सूचीमा १२५ जना विदेशी खेलाडी रहेका छन् । शुरुमा एक हजार बढी खेलाडीले नाम दर्ता गरे पनि आयोजकले खेलाडीको अन्तिम सूचीमा २९२ जनाको मात्र नाम सामेल गरेको हो ।

यसमा नेपालबाट औपचारिकरुपमा ८ जना खेलाडी नेपाल क्रिकेट संघ क्यानले दर्ता गरेकोमा स्टार लेग स्पिनर सन्दीप लामिछाने मात्रै छनोटमा परेका छन् । तीन सिजन दिल्ली क्यापिटल्समा आवद्ध सन्दीप यो सिजन भने अक्सनमा जान लागेका हुन् ।

अक्सन अपरान्ह नेपाली समय अनुसार सवा तीन बजे शुरु हुने छ । आईपीएलका फ्रेन्चाइज टिमहरुले २२ जना विदेशीसहित ६१ खेलाडीहरु छनोट गर्नुपर्ने छ । अक्सनमा सन्दीपको न्युनतम मूल्य ९बेस प्राइस० ४० लाख भारु रहेको छ ।

यस्तै, भारतीय टिमका २ जना खेलाडीहरु मात्रै सर्वाधिक २ करोड न्यूनतम मूल्यमा रहेका छन् । यसमा केदार जाधव र हरभजन सिंहको नाम समावेश छ । यसैगरी ग्लेन म्याक्सवेल, स्टीव स्मिथ, मोईन अली, शाकिब अल हसन, साम विलिंग्स, लियाम प्लंकेट, जोसन रोय र मार्क वुडसहित आठ जना विदेशी खेलाडी २ करोडवाला लिस्टमा समावेश छन् ।

यसैगरी अरु ११ खेलाडीको न्यूनतम मूल्य १ करोड रहेको छ । भारतीय खेलाडीमा विहारी र उमेश यादव यो लिस्टमा छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्