पाकिस्तानी जोडीलाई हराउँदै भाेजपुरे दिदीभार्इकाे टाेली फाइनलमा


 


ratnajit-nagshalकाडमाडाैं, कार्तिक ४

भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन्। बिहीबार २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरेका हुन्।

फाइनलमा रत्न र नङशलको भेट पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसंग हुने नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जनाएका छन् । फाइनलमा स्थान पक्का गरेसंगै रत्न र नङशलले कम्तीमा रजत पदक सुरक्षित गरेका छन् ।

फाइनल शुक्रबार हुनेछ । यसैगरी, महिला सिंगल्समा भने नङशलको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो । नङशल पाकिस्तानकी पल्वाशा बसिरसंग १६–२१ र १२–२१ ले पराजित भइन्

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्