देशकै अग्लो झोलुङ्गे पुल पर्वतमा


 


poolकाठमाण्डौ ,कार्तिक ४

मुलुककै अग्लो झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अग्लो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसँंग जोड्न मोदीखोलामा निर्माण भैरहेको १ सय ५५ दशमलब ७० मिटर अग्लो वडागाउँ–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।

पुलको झण्डै ९५ प्रतिशत काम पुरा भएको छ । अब झण्डै १ सय मिटरमा डेग विच्छ्याउने र दवै भागमा जाली राख्ने काम मात्र बाँकी रहेको छ ।

कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमीटर होचो छ ।

यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने स्थानिय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ ।

बिभागले दिएको जानकारी अनुसार कुल १ करोड ७६ लाखको लागतमा निर्माण हुने पुल २०७३ भदौ मसान्त सम्म सक्ने लक्ष्य राखिएकोमा केही समय ढिला भई कार्तिक तेस्रो सतासम्ममा पुर्ण रुपमा सञ्चालनम आउने छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्