अख्तियार प्रमुखमाथिको महाअभियोग प्रस्तावमा राप्रपा नेपाल असन्तुष्ट


 


काठमाडौं, कात्तिक ४

राप्रपा नेपालले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टि जनाएको छ ।

राप्रपा नेपालले बिहीबार विज्ञप्ती निकालेर महाअभियोग जस्तो गम्भीर तथा संवेदनशिल विषय राजनीतिक दलहरुबिच गहन छलफल गरेर मात्र पेश गर्नुपथ्र्यो । तर त्यस विषयमा आफुसँग कुनै पनि परामर्श नगरिएकोले आफ्नो असन्तुष्टि रहेको जनाएको छ ।

पार्टीले प्रस्तावको विस्तृत अध्ययनपछि मात्रै आफ्नो आधिकारिक धारणा तय गर्ने जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्