सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा


 


एजेन्सी, फागुन १६
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले जित हासिल गरेकाे छ।

रामोन स्यान्जेज स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सेभियामाथि २-० गोलअन्तरले जित निकालेको हो।

बार्सिलोनाको जितमा ओस्माने डेम्बेले र लियोनल मेस्सीले गोल गरे।

खेलको २९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै डेम्बेलेले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले दोस्रो गोल थपे। उनले खेलको ८५ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै २५ खेलबाट ५३ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्