कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा करिब ६ हजारको मृत्यु


 



काठमाडौं, फागुन १७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार जनाको मृत्यु भएको छ । यो अवधिमा तीन लाख तीन हजार पाँच सय ४४ जना संक्रमित थपिएकोमा पाँच हजार नौ सय ६७ जनाको मृत्यु भएको हो । 

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार दुई सय ८३ जना संक्रमितको मृत्यु भएको छ भने अन्य ४७ हजार सात सय ५४ जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजिलमा सात सय ५५ जनाको मृत्यु भएको छ भने ३४ हजार २७ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट रुसमा तीन सय ७९, भारतमा एक सय आठ, बेलायतमा एक सय ४४, फ्रान्समा एक सय २२, इटालीमा एक सय ९२, कोलम्बियामा एक सय ६ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्