भाेजपुरका भूकम्पपीडितले कति राहत पाए ?


 


भोजपुर,  कार्तिक ५

भोजपुर जिल्लाका भूकम्पपीडितलाई हालसम्म रु छ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजन पाण्डेका अनुसार भूकम्पमा घर पूर्ण र आंशिकरुपमा क्षति भएको तथा ज्यान गुमाएका परिवारलाई गरी रु ६ करोड २९ लाख ५३ हजार राहतस्वरुप वितरण गरिएको हो ।

भोजपुरमा भूकम्पपीडितका लागि आएको कुल रकम रु ६ करोड ५० लाखमध्ये सो रकम वितरण गरिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिए । भोजपुरमा रहेका दुई नगरपालिका र ५४ वटा गाविसमा भूकम्पका कारण तीन हजार सात सय ५१ घर पूर्णरुपमा र ६ हजार पाँच सय ६१ घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

4
२०७२ बैशाख १२ काे भूकम्पपछि भाेजपुर सदरमुकामकाे टुँडिखेलमा बनाइएकाे अस्थायी टहरा । फाइल तस्बिर : देशकाेन्युज

भूकम्पबाट भोजपुरको दोभाने गाविस सबैभन्दा बढी प्रभावित रहेको पाइएको छ । दोभानेमा सात सय ८० घर पूर्ण र दुई सय ४० घरमा आंशिकरुपमा क्षति पुगेको थियो । दोभानेमा दुई सय ३३ घरले पाँच हजारका दरले रु १५ लाख ४० हजार लगेका छन् भने रु तीन हजारका दरले रु सात लाख २० हजार र रु १५ हजारका दरले राहत रकमबापत रु ३४ लाख ९५ हजार गरी जम्मा रु ५७ लाख ५५ हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पाँच हजारका दरले एक हजार आठ सय ७४ घरले राहत रकमबापत रु एक करोड ५० लाख ५० हजार पाएका छन् । यसैगरी, तीन हजारका दरले रु एक करोड ८९ लाख ९३ हजार वितरण गरिएको छ ।

यस्तै, भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई रु आठ लाख प्रदान गरिएको सहायक प्रजिअ पाण्डेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रु १५ हजारका दरले रु दुई करोड ८१ लाख १० हजार भूकम्पपीडितलाई राहतस्वरुप वितरण गरिएको छ ।

भाेजपुरकाे भूकम्प सम्बन्धि समाचार

महाभुकम्पपछिको भोजपुर फोटो फिचर)

यसरी भत्काइदैछ भोजपुरमा घर (फोटो फिचर)

भोजपुरमा सेनाले यसरी बनाइँदिदैछ घर (फोटो फिचर)

दुर्गम ठाउँमा पुग्दै सहयोगी हात

भोजपुरमा ७४ विद्यालय र ५९ सरकारी कार्यालयमा क्षति

भोजपुरमा एक कराेड रकम वितरण

यी हुन् भुकम्पले ध्वस्त पारेका भोजपुरका सामुदायिक विद्यालय

०७२ वैशाख १२ गते गएको महाभूकम्पले भोजपुरको कुन गाविसमा कति क्षति ? (सबै विवरण सहित)

जब अाफ्नै घर बिरानो बने…

भोजपुरको कुन गाविसमा कति राहत सामाग्री पुग्यो ? (सबै विवरण सहित)

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्