पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो भएन्-प्रधानमन्त्री


 


prachandaकाठमाण्डौ, कार्तिक ५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु अहिले खुकुरीको धारमा हिड्नुपरेको बताएका छन । नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले आफुलाई पहिलो पटक प्रधानमन्त्री हुँदा जसतो सहज नभएको बताएका छन ।
आफुले माओवादीहरुलाई एकतावद्ध गरेको र सन्तुलित विदेश नीति लिन खोजेको तर ,यो राजामहाराजा र पुराना संसदवादी दलहरुलाई सहिनसक्नु भएको समेत उनले बताएका छन ।
आफ्नो सरकार बनेको दिन देखिनै झुटा प्रचार र षड्यन्त्र सुरु भएको समेत प्रचण्डले आरोप लगाएका छन ।
यसैबिच बाटोघाटो , पुल बनाउन अहिले सम्मकै सबैभन्दा धेरै रकम गाउँमा पठाउन लागेको उन्ले दाबी समेत गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले वजेट परिमार्जन वा पुरक बजेट ल्याएर भएपनि सरकार र पार्टीलाई उत्पीडित वर्ग समुदाय तिर केन्द्रत गर्न खोजेको बताएका छन ।
साथै प्रधानमन्त्री प्रचण्डले आफु भाग्यमानी मान्छे रहेको समेत बताएका छन । १० बर्षे विद्रोह ,शनित प्रक्रियाको नेतृतव गर्ने र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर आफुले पाएको भन्दै उन्ले आफुलाई भाग्यमानि रहेको बताए ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्