अाेलीका सपना पुरा हुँदै, पाइपलाइनबाटै बल्याे ग्यास


 


काठमाडाैं, कार्तिक ५

एमाले अध्यक्ष एंव तत्कालिन प्रधानमन्त्री केपी शर्मा अाेलीले नेपालीहरूकाे मुर्छित सपना ब्युताए । सपना ब्युताउने क्रममा अाेलीमाथि हावादारी सपना बाडेकाे भनेर धेरै अालाेचना भयाे । उखान टुक्का जाेडेर बाेल्न खप्पिस अाेलीलार्इ धेरैले उखानेसँगै हावादारी प्रधानमन्त्रीकाे संज्ञा समेत दिए ।

एक कार्यक्रममा अाेलीले घरघरमा पाइपबाट ग्यास जाेड्ने मन्तव्य दिएका थिए । उक्त मन्तव्य अाउन साथ सामाजिक सञ्जाल अाेलीलार्इ उडाउन पर्याप्त भयाे । सामाजिक सञ्जालमा अाेलीका अनेक तस्बिर सार्वजनिक गरेर मजाक गरियाे । त्याे त्यही समय हाे, जब भारतले दाह्रा नंग्रा देखाएर नेपालमाथि नाकाबन्दी गरेकाे थियाे ।

यस्ताे बेला सिलिण्डर युगकाे अन्त्य गर्ने स्वप्नदर्शी प्रधानमन्त्रीले बाेलेकाे कुरालार्इ मजाक गर्नेहरूका लागि भने शुक्रबार दिउँसाेकाे दृश्य गतिलाे झापड थियाे । शुक्रबार दिउँसाे ललितपुर इमाडाेलमा पाइपबाट ग्यास बालिएकाे छ । जुन परिक्षणले अाेलीले बाेलेकाे कुरा सम्भव र पाइपलाइनबाट घर घरमा ग्यास बाल्न सकिन्छ भन्ने प्रमाण देखाएकाे छ ।

इमाडोलमा मिथेन ग्यास देखिएको छ तर त्यसको मात्रा जाँच गर्न बाँकी छ । उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्व विभागले ग्यास उत्खननका लागि ड्रिल गरेको थियो । ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको हो । ग्यास प्लान्ट निर्माणका लागि झन्डै रु १५ लाख खर्च भएको थियो ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्