ज्ञानेन्द्र शाहद्धारा उद्घाटन गरिएको हिन्दु सम्मेलनमा झडप


 


काठमाडौं, कार्तिक ५

राजधानीको बनकालीमा बिहीबार पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको विराट हिन्दू सम्मेलनको बन्दसत्रमा असन्तुष्टि बढेपछि झडप भएकोे छ ।

शुक्रबार राजधानीको कमलादीमा रहेको प्रज्ञा भवनमा जारी बन्दसत्रमा झडप भएपछि त्यहाँ ठुलो संख्यामा प्रहरी खटाईएको छ ।

बन्दसत्रले अहिलेका संयोजकलाई नै फेरि अध्यक्ष बनाउन जवर्जस्ती गर्न थालेपछि राप्रपा नेपालको युवा दस्ता राष्ट्रिय प्रजातान्त्रिक युवा संघको टोलीले हात उठाउँदा झडप भएको हो ।

भारतीय जनता पार्टीका सांसद् आदित्यनाथ योगी समेत सहभागी रहेको उक्त सम्मेलनमा योगीले नै बोलीरहेको बेलामा झडप भएको थियो ।

अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी खटाइएको र भारतीय सांसद् योगी विरूद्ध चर्काे नाराबाजी समेत भईरहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्