’अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नाराका साथ र्याली निकाल्दै


 


काठमाडौं, कात्तिक ६

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई हटाउन माग गर्दै डा. गोविन्द केसीका समर्थकले काठमाडौमा र्याली निकाल्दैछन् ।

’अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नाराका साथ बिहान ११ बजे राजधानीको माइतीघरदेखि निकालिने र्याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने आयोजक सोलिड्यारिटि फर डा. गोविन्द केसी अलायन्सले जनाएको छ ।

अलायन्सले स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै आएका डाक्टर गोविन्द केसीको समर्थन गर्दै आएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्