कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मा प्रचण्डलाई


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ, कार्तिक ६

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।

आज लाजिम्पाटमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे निर्णय लिने जिम्मा दाहाललाई दिएको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सबै पक्षसँग छलफल गरी महाअभियोगबारे निर्णय लिने अधिकार पार्टी अध्यक्षलाई दिइएको जानकारी दिइन् ।

संसदमा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
भोलि बस्ने संसद बैठकमा प्रस्ताव पेस गर्ने तयारी रहेको बताइएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्