व्यवस्थापिका संसदको बैठक बस्दै


 


samsadकाठमाण्डौ ,कार्तिक ७

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । अख्तियार दुरुपयोग अनुसन्धान आगोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको माहाअभियोगको प्रसताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

बैठक बिहान ११ बजेका लागि बोलाईएको श्रोतले बताएको छ । कार्कीविरुद्धको माहाअभियोगको प्रस्ताब प्रसतुत गर्ने कार्यसुचि गत बिहिबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा ओन्सरी घर्तीले सुचना टाँस गर्दै आज सम्म का लागि स्थगीत गरेकी थिइन् ।

संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने बताईएको छ । त्यसपछि बैठकलेप्रस्थाबमाथि अनुशन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ ।
यसैबिच समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसदमा अनुसन्धान प्रतिवेदन पठाउने बताईएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्