विश्वकपको युरोपियन छनोट : पोर्चुगलको जित


 


काठमाडौंचैत १२
गए राति कतार विश्वकप २०२२ को युरोपियन छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले जित निकालेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगलले अजरवैजानलाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा उपहारमा पाएको गोलबाटै पोर्चुगलले जित निकालेको हो ।

खेलको ३६औं मिनेटमा अजरवैजानका माक्सिम मेडभेडेवले आफ्नै पोष्टमा गोल गरे । मेडभेडेवले गोल गरेको गोलले नै पोर्चुगलले जित निकाल्यो ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्