महाअभियोग प्रस्ताव संसदमा प्रवेश, मंगलबारदेखि छलफल हुने


 


काठमाडौं, कार्तिक ७

अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव व्यवस्थापिका संसदमा पेश भएको छ ।

आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीमगरले उक्त प्रस्तावमाथि कात्तिक ९ गते मंगलबार दिउँसो ३ बजेदेखि बस्ने संसद बैठकमा छलफलको समय तोकेकी छन् ।

संविधान र कानुन बमोजिम कार्कीले पदीय आचरण नगरेको भन्दै एमाले र माओवादीका १५७ जना सांसदहरुले बुधबार  संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्