रियल र म्यानचेस्टर च्याम्पियन्स लिगको सेमिफाइनलमा


 



काठमाडौं, वैशाख २
रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रियल म्याड्रिडले लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो ।

लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो ।

रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब सेमिफाइनलमा अर्को इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी खेलको १५ ओँ मिनेटमा नै पछि परेको थियो । १७ वर्षीय जुट बेलिङहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा रियल महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । खेलको ७५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।

सिटीले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

प्रकाशित मिति: २ बैशाख २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्