ओली प्रचण्ड सम्बन्धमा केही सुधार


 


काठमाडौं, कात्तिक ७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउन थालेको छ ।

ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएर प्रचण्डले कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गरेपछि यी दुईबीचको सम्बन्ध केही बिग्रिएको थियो ।

साथै प्रतिपक्षी नेताका हैसियतले सहभागी हुनुपर्ने महत्वपूर्ण बैठकमा समेत ओलीले अरु नेतालाई नै पठाउने गरेका थिए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रचण्ड र ओलीबीच दिनहुँ भेटघाट तथा छलफल हुन थालेको छ ।

यी दुई नेताबिच आइतबार पनि संसद भवन नयाँ बानेश्वरमा भेट भएको र भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्की्विरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमा कांग्रेसको समेत समर्थन कसरी जुटाउने भन्ने विषयमा छलफल भएको स्रोत जनाएको छ ।

यसअघि सम्बन्ध बिग्रिएका कारण नै सार्वजनिक मञ्चबाट ओलीले प्रचण्डको चर्कोे आलोचना गर्दै आएका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्