देशलाई विश्वमै शक्तिशाली बनाउन कस्सिए चिनियाँ राष्ट्रपति


 


एजेन्सी ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विश्वमै शक्तिशाली बनाउने योजना बनाउनमा आफु लागिपरेको बताएका छन् ।

सीले चिनियाँ कम्युनिष्ट पार्टीलाई मेरुदण्डका रुपमा विकास गरेर विश्वमा आर्थिक छलाङ मार्ने चिनियाँ जनताको सपना रहेको भन्दै त्यसलाई पुरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताएका छन् ।

भ्रष्टाचार विरुद्ध कठोर रहँदै आएका सीले आफु जनताको भ्रष्टाचार विरुद्ध शुन्य शहनशीलताको अडानमा अझ दृढ बन्ने बताउँदै उनले भने ‘म अहिले जुन पद, प्रतिष्ठ र शक्तिमा छु, त्यो चिनियाँ जनता र चिनियाँ कम्प्युनिष्ट पार्टीको देन हो’, उनले भनेका छन्, ‘त्यसैले पार्टी र चिनियाँ जनताको शून्य सहनशीलता अपनाउने जुन सोच र सपना छ, त्यसलाई पुरा गर्नका लागि म प्रतिबद्व छु ।’

साथै उनले बैठकमा आउने चार सय भन्दा बढी नेता कार्यकर्तालाई पनि यही अवधारणाअनुरुप अघि बढ्न आव्हान गरेका छन् ।

सोमबार देखि चीनको बेइजिङकमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले विश्व आर्थिक क्रान्तिमा इतिहासकै नयाँ लहर ल्याउने योजना बनाइएको बताइएको छ ।

उक्त बैठकमा खास गरेर पार्टीको आर्थिक पारदर्शिता तथा पार्टी नेता र कार्यकर्ताको अनुशासन र आचरणका बारेमा छलफल हुने बताइएको छ ।

बेइजिङ विश्वविद्यालयका प्राध्यापक माओ सोलुङले शून्य सहनशीलताको रणनीति र देशको आर्थिक वृद्धिदर अन्य राष्ट्रपतिको भन्दा सीको पालामा बढेको भन्दै उनले ‘शून्य शहनशीलता र देशको आर्थिक वृद्धिदर अरु राष्ट्रपतिको कार्यकाल भन्दा जिनपिङको कार्यकालमा निकै सफल रहेको मान्न सकिने बताएका छन् ।

उक्त बैठकले चिनियाँ आर्थिक नीतिलाई बढावा गर्ने, चीनलाई आर्थिकरुपमा माथि उठाउने शून्य शहनशीलता लागू गर्ने, पार्टीका नेता कार्यकर्तालाई अनिवार्य रुपमा उत्पादनसँग जोड्ने र पार्टीको यही नीतिलाई सम्पूर्ण देशको उत्पादनको आर्थिक वृद्धिसँग जोडेर पूर्णरुपमा लागु गर्ने योजना रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्