मास्क नलगाएर हिँड्नेलाई जरिवाना तिराउँदै प्रशासन




धनगढी, वैशाख ८
कैलालीमा स्थानीय प्रशासनले मास्क नलगाएर हिड्नेलाई जरिवाना तिराउन सुरू गरेको छ ।

जिल्ला प्रशासन कार्यलयका कैलालीका प्रशासकीय शिवराज जोशी नेतृत्वको टोलीले प्रहरीको सहयोगमा मङ्गलबार सडकमा मास्क नलगाएर हिड्नेलाई १०० रुपैयाँ जरिवाना गराउन सुरू गरेको हो ।

मास्क नलागएर पैदल हिड्ने र सवारी साधनमा हिड्ने व्यक्तिहरूलाई जरिवाना तिराउनुका साथै मास्क दिएर पठाउने गरिएको प्रशासकीय अधिकृत जोशीले बताए ।

उनले यस अघिदेखिनै प्रहरीले माइकिङ्ग गरेर सबैलाई मास्क लगाउन आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि जरिवाना गर्न सुरू गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News