गोरखाबाट तिब्बत जोड्ने मार्गं सेनाले बनाउने


 


काठमाडाैं, कार्तिक ८

गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएकेा छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका हुन् ।

सेनाको हेलिकप्टरमा आइतबार तिब्बत सिमानाको सामागाउँ गाविस पुगेर मन्त्री खाँडले आरुघाट हुँदै सामागाउँसम्मको सडक निर्माण गर्न सेनालाई जिम्मा दिने बताएका हुन्। सोही हेलिकप्टरमा सामागाउँ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तिब्बत जोड्ने रणनीतिक महत्वको बेनीघाट आरुघाट लार्के सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय सडक विभागले गरिसकेको बताए ।

सडक योजना कार्यालय गोरखाका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार यो सडक करिब ८०० किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको अाजकाे अन्नपुर्णमा खबर छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्