मुख्यमन्त्री पोखरेलले लिए सपथ, को-को भए मन्त्री ?


 


काठमाडौं, वैशाख १९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । मुख्यमन्त्री पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका ४ जना मन्त्रीले पनि शपथ लिनु भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गर्नु भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले पनि सपथग्रहण गर्नु भएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्