राति १० बजेसम्ममात्र खेल्न पाइने देउसी–भैलो



deusiकाठमाण्डौ , कार्तिक ८

गृह मन्त्रालयले तिहारकाबेलामा खेलिने देउसी–भैलो राति १० बजेसम्ममात्र खेल्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम रातको समयमा गर्दा ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति–सुरक्षामा असर पुर्‍याउनसक्ने हुँदा’ सुरक्षालाई मध्यनजर गर्दै राति १० बजेसम्ममात्र देउसी–भैलो र सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो ।

यस्तै, मन्त्रालयले तिहार र छठपर्वमा पटका, आतिसबाजी र विस्फोटक पदार्थहरुको उत्पादन, आयात-निर्यात, बिक्री–वितरण र प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले यसविपरीत कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News