एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ


 


काठमाडौं, कात्तिक ८

अखिल नेपाल फुटबल संघको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

कुल ६७ मत मध्ये ३६ मत प्राप्त गरि नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् भने, उनका प्रतिद्वन्द्वी कर्मा्छिरिङ्ग शेर्पाले ३१ मतमा चित्त बुझाएका छन् ।

त्यस्तै, उपाध्यक्षमा भने श्रेष्ठ पक्षकै मणि कुँवर निर्वाचित भएका छन् ।

कुँवरले कुल मतमध्ये ३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी तथा कर्मा्छिरिङ शेर्पा पक्षका उम्मेदवार दिपक खातीले २५ र स्वतन्त्र उम्मेद्वार उपेन्द्रमान सिंहले ८ मत प्रनप्त गरे ।

निर्वाचित अध्यक्ष र उपाध्यक्ष फुटबल गतिबिधिमा प्रतिबन्ध लागेका पूर्व अध्यक्ष गणेश थापा निकट हुन् ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्