विद्यार्थी संगठनद्धारा महाअभियोग प्रस्ताव चाँडो पक्रियामा लैजान माग



lokman-student-onsari-650x436

काठमाडौं, कात्तिक ८

संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीको सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विभिन्न तेह्र विद्यार्थी सङ्गठनले संयुक्त रुपमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गई दिएको ध्यानाकर्षण पत्रमा संवैधानिक निकायको प्रमुखको जिम्मेवारीमा रहेका कार्कीले शृङ्खलाबद्ध रुपमा संविधान, कानुन र विधिको पालना नगरेको उल्लेख गरिएको छ ।

त्यसैगरी मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब किनारा लगाउन माग गरिएको छ ।

सो पत्र बुझेपछि सभामुख घर्तीले जनताको सार्वभौम अधिकारलाई प्रयोग गर्ने प्रस्ताव संसद्मा दर्ता भइसकेकोले त्यसलाई विधि र प्रक्रियाका माध्यमबाट अगाडि बढाउने विश्वास दिलाएकी थिईन् ।

यसअघि ती संयुक्त विद्यार्थी सङ्गठनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनुका साथै विभिन्न दवाब मुलक कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News