भारतमा भएको सम्झौता राष्ट्रिय हितविपरीत छैन :महत


 


prakash-saran-mahatकाठमाडौं, कात्तिक ८

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सम्झौताका कुनैपनि बुँदा राष्ट्रिय हितविपरीत नभएको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले २५ बुँदे सम्झौताका कतिपय बुँदाहरु राष्ट्रिय हितविपरीत भएको भनी चर्को विरोध जनाइरहेकाबेला परराष्ट्रमन्त्री महतले संयुक्त राष्ट्रसंघ स्थापनाको ७१औं वर्षगाँठको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा त्यास्तो दाबी गरेका हुन् ।

भारतीय लगानीमा निर्माण भएका विकास आयोजनाहरु अनुगमनका लागि समिति गठन गर्ने प्रस्ताव नेपालले नै गरेको भन्दै मन्त्री महतले यसमा भारतीय पक्षको कुनै स्वार्थ नलुकेको जिकिर गरे ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई छिमेकी मुलुकको विकास विश्वकै लागि उदाहरणीय भएको भन्दै यस्तो अवस्थामा नेपाल दक्षिण एसियाको ‘पावर हाउस’ बन्नसक्ने बताए ।

कार्यक्रममा बोल्ने कुटनीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुले संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै यो भूमिकालाई राष्ट्रिय स्वार्थ र हितका लागि प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्