पहिलो एकदिवसीय खेलमा बंगलादेश विजयी


 


एजेन्सी, जेठ १०
पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । ढाकामा आइतबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३३ रनले हराएको हो । बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभर १ बलमा अलआउट हुँदै २२४ रनमा समेटियो ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान कुशल परेराले ३० रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए । दनुस्का गुनाथिलका र इशुरु उडनाले समान २१र२१ रन बनाए ।

बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले ३ तथा मोहमद सैफुदीनले २ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको थियो ।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबालले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

अफिफ होसेनले अविजित २७ रन जोड्दा मोहमद सैफुदीन १३ रनमा अविजित रहे । शकिब अल हसन १५ रनमा आउट भए । श्रीलंकाका लगी धनन्जय डी सिल्भाले ३ विकेट लिए । दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक एक विकेट लिए ।

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्