पाकिस्तानको ब्लुचिस्तानमा आक्रमण हुँदा २० जना प्रहरीको मृत्यु, १ सय २० जना घाइते


 


एजेन्सी ।
पाकिस्तानको बलुचिस्तानस्थित क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा आक्रमणकारी समुहद्धारा आक्रमण भएको छ ।
आक्रमणमा परि तालिम लिँदै गरेका २० जना प्रहरी जवानको ज्यान गएको छ ।

त्यस्तै १ सय ६ जना जवान घाइते भएको बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले बताएका छन् ।

हातहतियारसहित आएका आक्रमणकारी प्रहरी तालिम केन्द्रभित्रै प्रवेश गरेर आक्रमण गरेको जनाइएको छ ।
आक्रमणमा परेर ज्यान जानेको संख्या अझै बढ्नसक्ने आनुमान गरिएको छ ।

आक्रणमको क्रममा चार घण्टासम्म आक्रमणकारी र सुरक्षाकर्मी्बिच दोहोरा भिडन्त भएको र आक्रमणमा संलग्न ३ जना आक्रमकणकारीको पनि ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा घाइते भएकाहरुलाई सिविल अस्पतालमा भर्ना गरिएको छ ।

आक्रमणकारी मध्ये दुई जनाले आफैलाई विस्फोट गराएको र एक जनाको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको हो ।

आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको सरकारी अधिकारीले बताएका छन् ।

तालिम केन्द्रमा झण्डै अढाई सय जवान तालिमरत थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्