लोकमान प्रकरण दलहरुका लागि एकै ठाउँमा उभिने अवसर : गगन थापा



gagan-thapa

काठमाडौं, कात्तिक ९

नेपाली कांग्रेसका सांसद एवं स्वास्थमन्त्री गगन थापाले लोकमानमाथिको महाअभियोगले दलहरुबीच बढेको दुरीलाई हटाउने अवसर बन्न सक्ने बताएका छन् ।

ब्यवस्थापिका संसदमा मंगलबार महाअभियोग सम्बन्धमा बोल्दै मन्त्री थापाले आपसमा राम्रो बोल्न पनि नसकिरहेको बेला महाअभियोग प्रस्तावले संविधान संसोधन र कार्यान्वयनका लागि सबैलाई एकै ठाउँमा उभ्याउने विषय बन्न सक्ने बताए ।

त्यसैले महाअभियोग प्रस्ताव कसले दर्ता गर्यो वा कसले कहिले निर्णय गर्यो भन्ने कुरामा नअल्झिएर गलत कामका विरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News