अख्तियारले १२ जनालार्इ हटायाे, काे-काे परे ?



काठमाडाैं, कार्तिक ९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमान कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाई हटाएको छ ।

स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ । उनीहरु कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए ।

यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ ।

अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल, सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई पनि अख्तियारबाट हटाइएको छ ।

यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ । यसैगरी स्वास्थ्य विज्ञ निलमणि उपाध्यायलाई पनि पदमुक्त गरिएको छ ।

आयुक्तहरुको छलफलपछि यो कदम चालिएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै अख्तियारका प्रमुख कार्की निलम्बित अवस्थामा छन् र दीप बस्न्यात कार्यबाहकको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News