बढ्यो सुनको मुल्य


 


काठमाडौं, जेठ १७
गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने हुने क्रम रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यता चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्