झाडीमा लुकाइएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला
दाङ । दाङमा सामुदायिक वनको झाडीमा लुकाएर राखेको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोटस्थित उक्त ६ नाल भरुवा बन्दुक फेला परेका हुन् ।
प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा रहेका थिए।
घटनास्थलबाट करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा २ बट्टा सलाई समेत बरामद गरिएको छ।
बरामद सामग्री कसले र किन लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












