आयकरमा कति कमाउनेलाई कति छुट ?


 


काठमाडौं, जेठ १७
सरकारले कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा छुट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत आयकर छुट दिइएको हो ।

२० लाख रुपैयाँसम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था आर्थिक अध्यादेश मार्फत गरिएको छ ।

२० लाखदेखि माथि ५० लाख सम्मको कारोबारमा ७५ प्रतिशत कर छुट गरिएको छ । एक करोडसम्म कारोबार भएको व्यवसायीले ५० प्रतिशत छुट आयकरमा पाउनेछन् ।

होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोड भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशतमात्र कर लाग्नेछ ।तर पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधी तीन वर्ष थपिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्