विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?


 


काठमाडौं, जेठ १८
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली ११५ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४८ पैसा कायम भएको छ । त्यस्तै, यूरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

पाउण्डस्ट्रलिङ एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र विक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७३ पैसा र विक्रीदर १२९ रुपैयाँ ३९ पैसा रहेको छ ।

यता मंगलबार जापानी यन १० को खरिददर १० रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

साउदी अरविया रियाल आज एकको खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्