आज पनि बढ्यो सुनको मुल्य


 


काठमाडौं, जेठ १८
नेपाली बजारमा सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्