ह्वात्तै बढ्यो सुनको मूल्य


 


काठमाडौं, जेठ २३
साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्