सुनको मूल्यमा गिरावट



काठमाडौं, जेठ २४ 
सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसो त गत आइतबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएकोमा सोमबार यता चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News