यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, जेठ २५
नेपाल राष्ट्र बैंकका अनुसार आज जुन ८ मंगलबारको विदेशी विनिमय दर यस प्रकार रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १४२ रुपैयाँ, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

स्वीस फ्राङ्क एकको खरिददर १२९ रुपैयाँ १५ पैसा रहेको छ भने विक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ । आज जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ रुपैयाँ रहेको छ भने विक्रीदर १० रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै, यता चिनियाँ यूआन आज एकको खरिददर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News