अफगानिस्तानमा आइएसद्धारा ३० जनाको हत्त्या


 


एजेन्सी ।
अफगानिस्तानमा बिद्रोही संगठन आइएसका लडाकुले ३० जना नागरिकको हत्या गरेका छन् ।

अफगानिस्तानको घोर प्रान्तमा जंगलमा दाउरा संकलन गर्न गएका बेला आइएसका लडाकुले ३० जना सर्वसाधारण नागरिकलाई अपहरण गरेको र अपहरणकारीहरुबाट भाग्न खोज्दा आइएसका लडाकुले उनीहरुलाई गोली हानि हत्या गरेको हुन् ।

ज्यान जानेमा कतिपय बालबालिका समेत रहेका बिबिसीले जनाएको छ ।

त्यसक्रममा एक जना आइएस लडाकुको पनि ज्यान गएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्