परराष्ट्रमन्त्री महत भारत प्रस्थान


 


prakash-saran-mahat

काठमाडौं, कात्तिक १०

भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा नेपालको नेतृत्त्व गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

सो आयोगको बैठकमा नेपालको तर्फबाट डा. महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै छन् ।

बैठकमा नेपाल र भारतका उच्च कूटनीतिक अधिकारीहरु रहने छन् । उक्त आयोगको सचिवस्तरीय बैठक भने आजै नयाँदिल्लीमा सुरु हुँदैछ ।त्यसका लागि परराष्ट्र सचिव शङ्करदाश बैरागी मंगलबार नै नयाँदिल्ली पुगिसकेका छन् ।

सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाहरुको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुनेछ ।
बैठक सकिएपछि मन्त्री महत शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्