नापी कार्यालय भवनमा आगलागी हुँदा ४० जना घाइते


 


hetauda-napai-aaglagi

काठमाडौं, कात्तिक १०
मकवानपुरको हेटौडामा रहेको नापी कार्यालयमा आगलागी हुँदा ४० जना घाइते भएका छन् ।

आगलागीमा परि घाइते भएका४० जनाको नापी कार्यालय भवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते मध्ये एक जनाको आवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको हेटौडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र गम्भीर घाइतेको हेटौडामा उपचार हुन नसकेपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।

आगो लाग्दा सेवाग्राही र कर्मचारी भित्रै रहेकाले भागदौड हुँदा धेरै घाइते भएका हुन् । आगो के कारणले लागेको हो खुल्न सकेको छैन ।

स्थानियको सहयोग तथा हेटौंडा महानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्